Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मेयर बालेन शाहविरुद्ध सर्वोच्चमा रिट दायर

मेयर बालेन शाहविरुद्ध सर्वोच्चमा रिट दायर

  • सोमवार, बैशाख ४ २०८०

  • 690
    SHARES

  • मेयर बालेन शाहविरुद्ध सर्वोच्चमा रिट दायर

    काठमाडौं।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएपछी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले आज अदालतमा रिट दायर गर्नुभएको हो ।

    श्रेष्ठले निवेदनमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरको भएकाले कानुन विपरित फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न माग गरिएको छ।

    निवेदनमा भनिएको छ, ‘नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संविधानमा भएको मौलिक हकको उपयोगबाट वञ्चित हुने भएकाले उक्त विषय सार्वजनिक सरोकारको विषयसमेत भएको हुँदा नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४, वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको छु।’

    मेयर बालेनले केही समय अगाडी फोहोर व्यबस्थापनलगाएत महानगरका काम कारबाहीमा असहयोग गरेको भन्दै काठमाडौंको सिंहदरवार भित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्रीको आवास रहेको क्षेत्रभित्र फोहोर संकलन नगर्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसयता अहिलेसम्म यी क्षेत्रको फोहोर उठाउने काम रोकिएको छ।

     


    सोमवार, बैशाख ४ २०८००४:५२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij