Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज पीडितमाथि प्रहरीको लाठी र पानीको फोहोरा प्रहार

मिटरब्याज पीडितमाथि प्रहरीको लाठी र पानीको फोहोरा प्रहार

  • सोमवार, बैशाख ४ २०८०

  • 294
    SHARES

  • मिटरब्याज पीडितमाथि प्रहरीको लाठी र पानीको फोहोरा प्रहार

    काठमाडौं। आन्दोलनरत मिटरब्याजी पीडित र प्रहरीबीच झडप भएको छ। काठमाडौंको शान्तिवाटिकामा आन्दोलनरत मिटरब्याज पीडित र प्रहरीबीच झडप हुँदा केही पीडितहरु घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सिंहदरबार परिसरमा प्रवेश गरेर आन्दोलन गर्ने तयारी गरेपछी विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको प्रहरीले उनिहरुलाई रोक्न खोजेपछी झडप सुरु भएको थियो।

    पीडितहरु ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा रोकेपछि पीडितहरु आक्रमणामा उत्रिएको र त्यसको प्रतिकार गरेको प्रहरीले जनाएको छ। त्यसक्रममा प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको थियो।

    प्रहरीको लाठी लागेर ४,५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो। तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको छ ।


    सोमवार, बैशाख ४ २०८००२:२२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij