Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा, आज उच्चस्तरीय भेटवार्ता गर्ने

भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा, आज उच्चस्तरीय भेटवार्ता गर्ने

  • सोमवार, बैशाख ४ २०८०

  • 345
    SHARES

  • भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा, आज उच्चस्तरीय भेटवार्ता गर्ने
    काठमाडौं । नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ । 
     
    सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन सडकमार्ग हुँदै आइतबार धनगढी आउनुभएका चौथाइवाले सोमबार(आज) काठमाडौं आउने र राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौं आउनुअघि उहाँले धनगढीमा मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्नुहुने छ ।
     
    काठमाडौं आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा प्रधानमन्त्री प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीबारे छलफल हुने बताइएको छ ।
     
    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति निश्चित भइसकेको छैन । तर उहाँ छिट्टै भारत जाने तयारीमा हुनुहुन्छ । स्रोतका अनुसार भारतको रक्सौलदेखि काठमाडौंसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम सातातिर प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ ।
     
    प्रधानमन्त्रीको भारत भ्रमणको तयारीकै लागि हिजो परराष्ट्रमन्त्रीमा एनपी साउद नियुक्त हुनुभएको छ । हिजो शपथ गर्नुभएका साउदले पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताउनुभएको थियो ।
     


    सोमवार, बैशाख ४ २०८००७:३३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij