काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन पी साउद परराष्ट्रमन्त्री बन्नुहुने भएको छ । गत पुस प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँकी रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने क्रममा यतिबेला साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको हो ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो ।
थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन।स्रोतका अनुसार उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्नुभएको हो। साउदको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ।