काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दाबी गर्नुभएको छ।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने जिकिर गर्नुभयो।
लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको बताउनुभयो ।
नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढि रहेको बताउनुभयो। सो चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने उहाँको बुझाई थियो।
नेता बस्नेतले सरकारको काम कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।