काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डीपी)अर्याललाई नेपाल वायुसेवा निगमले भारत उडान गर्नबाट रोकेको छ। अर्यालको राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले विमान चढ्नबाट रोकेका हुन्।
अर्यालको दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारी थियो।बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गर्नुभयो।
यता वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पार्नुभएको छ।