Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मोरङमा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १८ जना घाइते

मोरङमा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १८ जना घाइते

  • शनिवार, बैशाख २ २०८०

  • 423
    SHARES

  • मोरङमा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १८ जना घाइते

    काठमाडौं।मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ,भने १८ जना घाइते भएका छन्।

    मोरङको रंगेली नगरपालिका ३ आमतोलाको भित्री सडकखण्ड हुँदै पूर्वतर्फ जाँदै गरेको प्रदेश १.०१.००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर बिहान १०ः१० बजे दुर्घटनामा परेको हो ।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका ५ की ६० वर्षीया वैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको छ। अन्य १८ जना घाइते घाईते भएका छन्।

    घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान ५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार छन्।

    चालकको खोजी तीव्र पारिएको डीएसपी दाहालले बताउनुभो। रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरु सवार ट्याक्टर दुर्घटनामा परेको हो।


    शनिवार, बैशाख २ २०८००१:२३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij