काठमाडौं। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ। आज गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो ।
सहमति नजुटेपछि अब संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । ५ दिनसम्म चलेको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताउनुभयो।
उहाँले आँफुहरुले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप पनि लगाउनुभयो ।