काठमाडौं। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सर्वसम्मत नेतृत्व चयन गरेको छ।नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो।
जसअनुसार अध्यक्षमा क्षितिज थेबेलाई अध्यक्षमा चयन गरिएको छ भने उपाध्यक्षहरूमा अमित लामा, पुष्प श्रेष्ठ, प्रकाश गौतम, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी चयन भएका छन्। यस्तै, महासचिवमा सुमन पुरी, उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा चुनिएका छन्।
सचिवहरूमा कुबेर अधिकारी, पर्वत भण्डारी, विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता र विष्णा चन्द छन्।आर्थिक विभाग प्रमुखमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रविन चुनिएका छन्।
यसैगरी, अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का, सचिवमा राजन नेपाली, निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चुनिएका छन्।