Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेपाल बारको चेतावनी : एक साताभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलनमा उत्रिने

नेपाल बारको चेतावनी : एक साताभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलनमा उत्रिने

  • बुधवार, चैत्र २९ २०७९

  • 235
    SHARES

  • नेपाल बारको चेतावनी : एक साताभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलनमा उत्रिने

    काठमाडौं। नेपाल बार एशोसियसनले एक साताभित्र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेको छ।आज बारले पत्रकार सम्मेलन गरेर तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न आग्रह गरेको हो।

    बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आफूहरुको पहिलो माग सर्वोच्चमा तत्काल प्रधानन्यायाधीशको नियुक्ति रहेको भन्दै एक साताभित्र नियुक्ति नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो।

    लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलेको भन्दै उहाँले यसको अन्त्य हुनुपर्ने माग गर्नुभयो। त्यस्तै सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष हरिशंकर निरौलाले मुख्य रुपमा तीन विषयमा आफूहरुको माग रहेको बताउनुभयो।

    प्रधानन्यायाधीश नियुक्ति, पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोगको टुंगो लगाउन माग गर्नुभयो।


    बुधवार, चैत्र २९ २०७९०३:०१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij