Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने एमाले नेता सन्देश शर्मा पक्राउ

नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने एमाले नेता सन्देश शर्मा पक्राउ

  • बुधवार, चैत्र २९ २०७९

  • 666
    SHARES

  • नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने एमाले नेता सन्देश शर्मा पक्राउ

    काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार सन्देश शर्मा पक्राउ परेका छन्।दाङ घर भएका शर्मा एमालेका विद्यार्थी नेतासमेत रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीको खोजी सूचीमा रहेका शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।सोही प्रकरणमा यसअघि प्रहरील केशव दुलालसहितका ४ जनालाई पक्राउ गरिसकेको छ।

    शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए।

    उजुरी परेपछि सो प्रकरणमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए। नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिइसकेका छन्।

    आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।


    बुधवार, चैत्र २९ २०७९०१:३३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij