Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

  • बुधवार, चैत्र २९ २०७९

  • 288
    SHARES

  • प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ ।

    बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यसैगरी बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधन प्रति शोक प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


    बुधवार, चैत्र २९ २०७९११:१६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij