Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कांग्रेस बलियो बनाउन शिक्षकको ठूलो भूमिका छ : सभापति देउवा

कांग्रेस बलियो बनाउन शिक्षकको ठूलो भूमिका छ : सभापति देउवा

  • मंगलवार, चैत्र २८ २०७९

  • 370
    SHARES

  • कांग्रेस बलियो बनाउन शिक्षकको ठूलो भूमिका छ : सभापति देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।

    नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो,“पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी सङ्घसँगै शिक्षकहरुको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो”,सभापति देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको बताउनुभयो।

    “पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ,कांग्रेसलाई मजबुद बनाउनुपर्छ”,सभापति देउवाले भन्नुभयो। उहाँले कांग्रेसलाई बहुमत ल्याउने गरी सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो।

     


    मंगलवार, चैत्र २८ २०७९०३:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij