Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

संविधानअनुसार नै नागरिकता प्रदान गछौं : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

संविधानअनुसार नै नागरिकता प्रदान गछौं : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

  • मंगलवार, चैत्र २८ २०७९

  • 255
    SHARES

  • संविधानअनुसार नै नागरिकता प्रदान गछौं : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या छिटै समाधान हुने बताउनुु भएको छ । आज रुपन्देहीको भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले अर्थतन्त्र सुधार गरी समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

    ‘मन्त्रिपरिषद्ले पूर्णता पाउन केही ढिलाइ भएका कारण मुलुकको अर्थतन्त्र सुधारका लागि हुनुपर्ने प्रयासमा केही कमी भएको साँचो हो’, उहाँले भन्नुभयो, ‘तर अब एक–दुई दिनमै अर्थतन्त्रका समस्याहरु समाधान दिनेगरी सरकार अघि बढेको छ ।’

    आफू भौतिक पूर्वाधार मन्त्री हुँदा धेरै सुधारका काम भएको बताउँदै अब गृहमन्त्रालयमा आर्थिक तथा कुनै चलखेल नहुने दावी गर्नुभयो । संविधानअनुसार नागरिकताको अधिकार प्राप्त नगरेका नागरिकलाई नागरिकता प्रदान गरिने श्रेष्ठले जनाउनुभयो ।

     


    मंगलवार, चैत्र २८ २०७९०२:५५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij