Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी

  • मंगलवार, चैत्र २८ २०७९

  • 359
    SHARES

  • प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी

    काठमाडौं । सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ ।

    बैठकमा सभामुख घिमिरे, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ​र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी रहनु भएको छ ।

    यस्तै, बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी रहनुभएको छ ।

    यसैगरी, बैठकमा महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता रहेको छ ।

    बैठकमा संसदीय सुनुवाइ समिति गठन, संघीय संसद्को संयुक्त कार्यसञ्चालन नियमावली निर्माण र विधेयकलगायतका विषयमा दलहरूबीच छलफल भइरहेको छ ।


    मंगलवार, चैत्र २८ २०७९११:०६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij