Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रास्वपाका ढाकाकुमार र प्रसाईंको अडियो प्रकरणले राजनीतिक वृत्तमा हलचल, कोर टिम खै?(खासखबर)

रास्वपाका ढाकाकुमार र प्रसाईंको अडियो प्रकरणले राजनीतिक वृत्तमा हलचल, कोर टिम खै?(खासखबर)

  • सोमवार, चैत्र २७ २०७९

  • 324
    SHARES

  • रास्वपाका ढाकाकुमार र प्रसाईंको अडियो प्रकरणले राजनीतिक वृत्तमा हलचल, कोर टिम खै?(खासखबर)

    काठमाडौं। नेपालीमा एउटा प्रचलित उखान छ, जुनै जोगी आएपनि कानै चिरेका: यसको अर्थ जो व्यक्ति आएपनि बानी व्यवहार एउटै बोकेको भन्ने हुन्छ । अहिले यो उखानले राजनीतिक वृत्तमा निकै स्थान पाएको छ । भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको टेलिफोन वार्ता बाहिरिएपछि राजनीति गर्नेहरु एउटै मनस्थिति र प्रवृत्ति बोकेर हिड्दा रहेछन् भन्ने प्रमाणित भएको छ ।

    यद्यपि श्रेष्ठले भने त्यो कुराकानी आफ्नो नभएको दाबी गरेका छन् । रास्वपाले श्रेष्ठकोे नाम जोडिएर आइसकेपछि उनलाई सांसद पदबाट निलम्बन गरेको छ भने पार्टी सभापति रवि लामिछानेले आइतबार नै ७२ घण्टाभित्र सबै नतिजा आइसक्ने दाबी गर्नुभएको छ ।

    रास्वपाका सांसद समेत रहेका श्रेष्ठको अडियो प्रकरणबारे संसदमा समेत आवाज उठेको छ । कांग्रेस सांसद धनराज गुरुङले राजनीतिको ठूलो रोग भ्रष्ट्राचार रहेको भन्दै यो गर्ने र गर्न लगाउनेलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । अडियोमा भनिएको कोर टिमलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

    एक सस्मरणको स्मरण गर्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मन्त्री बनिसकेपछि अर्बौँ भ्रष्ट्राचार गर्न व्यक्ति र प्रवृत्ति उद्दत हुने कुरा चरितार्थ भएको दाबी गर्नुभयो । गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्ट्रचारको अखडा बनाउन खोजेको हो भन्दै सुवालले जवाफ माग गर्नुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले अडियो प्रकरणलाई लिएर संसदमा माफी मागेको छ । आज प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले २ करोड डिल गरेको घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा माग्नुभएको हो । तर, यस्तो घटना पहिलो पटक भने नभएको उहाँको भनाइ छ । यस्ता घटना विगतमा पनि भएको र ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको प्रतिवद्धता अझ कसिलो हुने उहाँको भनाइ थियो ।

    ढाकाकुमार श्रेष्ठ यो घटनाका प्रतिनिधि पात्र मात्रै हुन् । यो डिल प्रकरण सत्य सावित भएमा उनीमाथि कारबाही हुने रास्वपाले पक्का संकेत गरेको छ । तर, यसअघि भएको ७० करोड प्रकरण होस् वा अन्य कुनै प्रकरण तिनीहरुको छानबिन कहिले र कसले गर्ने ??


    सोमवार, चैत्र २७ २०७९०८:२२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij