Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

‘आजै यही सदनबाट हिन्दू राष्ट्र पुनःस्थापना गरौँ’ : धवल शमशेर जवरा

‘आजै यही सदनबाट हिन्दू राष्ट्र पुनःस्थापना गरौँ’ : धवल शमशेर जवरा

  • सोमवार, चैत्र २७ २०७९

  • 371
    SHARES

  • ‘आजै यही सदनबाट हिन्दू राष्ट्र पुनःस्थापना गरौँ’ : धवल शमशेर जवरा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रतिनिधी सभा सांसद धवलशमशेर जबराले यही सदनबाट हिन्दू राष्ट्र कायम गर्न प्रस्ताव गनुृभएको छ।

    आज जारी संसद बैठकमा विशेष समयमा बोल्दै सांसद् जबराले आजे जारी सदनबाट हिन्दू राष्ट्र कायम गर्न संविधानलाई संसोधन र परिवर्तन् गरेर सबैले श्रेय ल्याउन सांसदहरुसँग अनुरोध गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘यो राष्ट्रमा पुनः सनातन हिन्दू राष्ट्र स्थापित हुन्छ। हामी सबै मिलेर संविधानलाई संसोधन गरौं, परिवर्तन गरौं, सबैले श्रेय ल्याऔं। पुनः यो राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्न यही सदनबाट सबै सांसद्हरूलाई अनुरोध गर्छु।’

    जबराले देशमा काण्डैकाण्ड भइरहेको भन्दै राप्रपाले यसबारे नियालीरहेको बताउँदै भन्नुभयो, ‘चाहे त्यो एनसेल काण्डको कुरा होस् चाहे त्यो नक्कली भुटानी शरणार्थी काण्ड, अढाइ करोड, काण्डै काण्ड भएको कुरा राप्रपाले हेरिरहेको छ। राप्रपाले भ्रष्टाचार हुन दिनुहुन्न।’

    सरकारमा बसेका ठूला ठूला मन्त्रीका छोरा छोरीहरूबाट ठूला ठूला काण्ड भइरहेकाले उनीहरूलाई कठघरामा ल्याउनुपर्ने जवराको माग थियो ।


    सोमवार, चैत्र २७ २०७९०३:३७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij