Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

क्रान्तिकारी माओवादीद्वारा उपनिर्वाचन बहिस्कार

क्रान्तिकारी माओवादीद्वारा उपनिर्वाचन बहिस्कार

  • सोमवार, चैत्र २७ २०७९

  • 318
    SHARES

  • क्रान्तिकारी माओवादीद्वारा उपनिर्वाचन बहिस्कार

    काठमाडौ। नेकपा(क्रान्तिकारी माओवादी)ले आगामी वैशाख १० को उपनिर्वाचन बहिस्कार गर्ने भएको छ। पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले आज एक विज्ञप्ति जारी गर्दै तनहुँ क्षेत्र नं.१, चितवन क्षेत्र नं.२ र बाराको क्षेत्र नं.२ मा हुने उपनिर्वाचन बहिष्कार गर्ने बताउनुभएको हो।

    पार्टीले वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा सङ्घीय जनगणतन्त्र नेपाल स्थापनाको लागि अगाडि बढ्न अपिल समेत गरेको छ।

    ‘हाम्रो पार्टीले प्रतिक्रियावादी सत्ता अन्तर्गत हुने सबै तहका निर्वाचनलाई कार्यनीतिको प्रश्न मान्दछ र यही मान्यता अनुसार कहिले हामीले निर्वाचनको उपयोग त कहिले बहिष्कार गर्दै आएका छौँ। यही नीति अनुसार गत स्थानीय निर्वाचन सहित प्रादेशिक तथा सङ्घीय निर्वाचन हामीले बहिष्कार गरेका थियौँ। हाम्रो यो नीति अहिले पनि कायम छ,’ विज्ञप्तिमा भनिएको छ।


    सोमवार, चैत्र २७ २०७९०२:३०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij