काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाआफ्नो पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठको २ करोडको अडियो प्रकरणमाथिको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा मागेको छ। आजको जारी प्रतिनिधी सभा बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले श्रेष्ठको सार्वजनिक टेलिफोन संवादलाई गम्भीर रुपमा लिएको बताउँदै क्षमा माग्नुभएको हो।
परियारले यो घटनाले आफूहरू कत्ति पनि विचलित भने नहुने जिकिर गर्नुभएको छ । श्रेष्ठको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा माग्दै परियारले भन्नुभयो,‘यो संसद्को गरिमा बढाउने अभियानमा हामी अछुर्ण रहनेछौं। यो घटनाले हामीलाई कत्ति पनि विचलित गर्ने छैन भन्ने जानकारी गराउन चाहन्छु। ’
उहाँले थप्नुभयो, ‘टेलिफोन संवादलाइ गम्भीररुपमा लिएको छ। छानविन पूरा नभएसम्म साधारण सदस्य समेत नरहने गरि निस्काशन गरिएको छ, हाम्रो पार्टीले विधि,विधानलाई मान्छ। सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई मान्छ। यो घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर रुपमा लिएको छ। नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन। यस्ता सबै घटनाको सत्यतथ्य छानविन हुनुपर्छ।’
रास्वपा सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ। त्यसलगत्तै अनुसन्धानका लागी भन्दै रास्वपाले उनलाई निलम्बन गरिसकेको छ।