काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधी सभा सांसद् गगन थापाले काठमाडौं महानगरपालिकाको जायज माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ। आज जारी प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यस्तो आग्रह गर्नुभएको हो।
संघ र स्थानीय तहबीच अन्तरसम्बन्ध प्रभावकारी हुन नसकेको बताउदैं ,‘काठमाडौं महानगर र सिंहदरबारबीच टकराव देखिएको छ। कुनै बिलम्ब नगरिकन काठमाडौं महानगरको जायजमाग सम्बोधन गरियोस् । तीन तहको सरकारबीच समन्वय हुन आवश्यक छ,’उहाँले भन्नुभयो।
२०७६ सालदेखि अन्तरप्रदेश परिषद्को बैठक नै नबसेको भन्दै थापाले भन्नुभयो,‘समस्या स्थानीय सरकारमा पनि छ। तर, संघले कानुन बनाइदिएको छैन। काठमाडौं महानगरमा देखिएको टकराव हल गरियोस् । स्थानीय सरकारलाई काठमाडौं महानगरमा आउने वातावरण नबनाइयोस्। ’
काठमाडौं महानगरसँगको टकराब हल गर्न सरकार गम्भीर बन्नुपर्ने भन्दै स्थानीय तहका प्रतिनिधि सिंहदरबारमा आएर घुम्ने प्रवृत्ति हल गर्नुपर्ने माग समेत राख्नुभयो।सांसद थापाले काठमाडौं महानगरपालिकासँग देखिएको टकरावलाई सम्बवधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी चाल्नुपर्ने बताउनुभयो।