Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो, सरकारको समर्थन पनि फिर्ता

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो, सरकारको समर्थन पनि फिर्ता

  • सोमवार, चैत्र २७ २०७९

  • 332
    SHARES

  • कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो, सरकारको समर्थन पनि फिर्ता

    काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारबाट बाहिरिएसँगै नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    हिजो एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए। यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो। यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो ।

    चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरुको भनाई छ। प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन् । योसँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ।


    सोमवार, चैत्र २७ २०७९०१:२६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij