Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित

पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित

  • आइतवार, चैत्र २६ २०७९

  • 315
    SHARES

  • पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित

    काठमाडौं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित हुनुभएको छ । गएराती सम्पन्न मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार (नेपाल विद्यार्थी संघका बागी उम्मेदवार) विष्ट १६९ मतान्तरले विजयी हुनभएको हो ।

    अन्तिम मत परिणामअनुसार विष्टले ८४१ मत ल्याउनु हुँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाउनुभयो ।

    नेविसंघका इकाइ उपाध्यक्षसमेत रहनुभएका विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पाटनमा नेविसंघको आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो ।

    यसैगरी, सचिवमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी हुनुभएका छन् ।

    दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी हुनुभएका छन् भने अन्य सदस्यहरुमा अनेरास्वयुका उम्मेदवार विजयी हुनुभएका छन् ।

     


    आइतवार, चैत्र २६ २०७९०८:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij