Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन पुसमा हुने

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन पुसमा हुने

  • आइतवार, चैत्र २६ २०७९

  • 301
    SHARES

  • नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन पुसमा हुने

    काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले पहिलो महाधिवेशन आगामी पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने तय गरेको छ । काठमाडौंमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    यस अघि २०८० वैशाख ४ देखि ६ सम्म महाधिवेशन गर्ने मिति तोकिएको थियो । पार्टीले आगामी मंसिर मसान्तसम्म पार्टी संरक्षक रेशम चौधरीलगायत टीकापुरका राजवन्दीको रिहाई हुने आकलन गर्दै महाधिवेशनको अर्को मिति तय गरेको हो ।

    यसै गरी बैठकले १३६ सदस्यीय केन्द्रीय कार्य समितिलाई अनुमोदन गरेको छ । बैठकले पार्टीको विभिन्न विभागको नेतृत्वमा हेरफेर पनि गरेको जनाइएको छ ।


    आइतवार, चैत्र २६ २०७९०७:३१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij