Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना

काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना

  • शनिवार, चैत्र २५ २०७९

  • 781
    SHARES

  • काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना

    काठमाडौं। काठमाडौंको ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटनामा परेको छ। धुम्बाराहीस्थित अस्पतालबाट चितवनका लागी उडान गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले उडान भर्ने क्रममा हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको र पुच्रको पँखा समेत झरेको जानकारी दिनुभयो । उहाँले दुर्घटनामा पाईलट सकुशल रहेको तथा कुनै मानवीय क्षति नभएको पनि बताउनुभयो।

    उडान गर्ने क्रममा पछाडिको पंखामा क्षति पुगेको र अहिले प्राविधिक टोलीले घटनाको जाँझबुझ गरिरहेको कार्कीले बताउनुभयो। हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान विमानस्थलबाट ह्याम्स अस्पताल आएको प्रहरीले जनाएको छ।


    शनिवार, चैत्र २५ २०७९०४:३२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij