Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

शान्ति प्रक्रियालाई पूर्णता दिन फेरी पुरानो गठबन्धन व्युँतियो : उपप्रधानमन्त्री खड्का

शान्ति प्रक्रियालाई पूर्णता दिन फेरी पुरानो गठबन्धन व्युँतियो : उपप्रधानमन्त्री खड्का

  • शनिवार, चैत्र २५ २०७९

  • 329
    SHARES

  • शान्ति प्रक्रियालाई पूर्णता दिन फेरी पुरानो गठबन्धन व्युँतियो : उपप्रधानमन्त्री खड्का

    काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन पुरानो गठबन्धन बनेको बताउनुभएको छ। नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आज ‘द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त रहेको बताउनुभएको हो ।

    सरकारसँग अवसर र चुनौती दुवै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पूर्णता पाउने उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएक खड्काले अब कर्णालीको विकासका लागि केन्द्रबाट पर्याप्त बजेट पाउने समेत बताउनुभयो।

    कर्णाली कोरिडोरलाई पहिलो प्राथमिकता रहेको बताउँदै उहाँले एकैपटक काम सक्ने गरी सबैसँग छलफल भइरहेको बताउनुभयो। मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको खड्काको भनाइ थियो।

    उहाँले जनताको शिर झुक्नेगरि आफूले काम नगर्ने बताउनुभयो। प्रदेश सरकारबारे खड्काले सातै प्रदेशमा वर्तमान गठबन्धनकै सरकार बन्ने र कर्णाली प्रदेश सरकारमा कांग्रेस छिटै सरकारमा जाने बताउनुभयो ।


    शनिवार, चैत्र २५ २०७९०३:००:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij