Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अन्धोपन निवारण गर्न लायन्स क्लबले ठुलो भुमिका खेल्यो : सभामुख घिमिरे

अन्धोपन निवारण गर्न लायन्स क्लबले ठुलो भुमिका खेल्यो : सभामुख घिमिरे

  • शनिवार, चैत्र २५ २०७९

  • 294
    SHARES

  • अन्धोपन निवारण गर्न लायन्स क्लबले ठुलो भुमिका खेल्यो : सभामुख घिमिरे

    काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा राष्ट्रव्यापी आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभएको छ। आज काठमाडौँमा भएको लायन्स क्लबको अधिवेशनमा बोल्दै उहाँले नेपालमा अन्धोपन निवारण गर्न लायन्स क्लबले उल्लेखनीय काम गरेको बताउनु भयो ।

    सभामुख घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न, भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । भूकम्पका बेला ४५ करोडभन्दा बढी सहयोग जुटाएर विद्यालय बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयो।

    उहाँले सामाजिक काममा लायन्स क्लबले खेलेको भूमिका प्रशंसनिउ रहेकोले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्दै त्रिवि लायन्स रगत बैंक स्थापना गर्न लागेकोमा शुभकामना दिनुभयो ।


    शनिवार, चैत्र २५ २०७९०२:४६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij