Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

शहर र सुगम क्षेत्रमा सञ्चारको फोरजी प्रणाली चलेपनि दुर्गमका जनता रुख चढेर टावर खोज्दै, समाधानमा सरकारको आनाकानी(खासखबर)

शहर र सुगम क्षेत्रमा सञ्चारको फोरजी प्रणाली चलेपनि दुर्गमका जनता रुख चढेर टावर खोज्दै, समाधानमा सरकारको आनाकानी(खासखबर)

  • शुक्रवार, चैत्र २४ २०७९

  • 325
    SHARES

  • शहर र सुगम क्षेत्रमा सञ्चारको फोरजी प्रणाली चलेपनि दुर्गमका जनता रुख चढेर टावर खोज्दै, समाधानमा सरकारको आनाकानी(खासखबर)

    काठमाडौं। नेपालमा जसरी सञ्चारको द्रुत गतिमा विकास भयो, यसको प्रभावकारितालाई सही व्यवस्थापन गर्न नसक्दा केही समस्या बल्झिएका छन् । निजी सेवा प्रदायक कम्पनीहरु आफू अनुकुल नाफामुखी बन्दा अहिले पनि जुम्ला, कालिकोटलगायतका विकट बस्तीहरुमा सञ्चारको पहुँच राम्रोसँग पुग्न सकेको छैन । भौगोलिक विकटता नभएका बस्ती र शहरहरुमा सेवा बिस्तार गर्न हानथाप गर्ने कम्पनी दुरदराजका बस्तीमा बिरलै जान मान्छन् ।

    आज सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले नयाँ दूरसञ्चार ऐन तर्जुमाका लागि संसदबाट सैद्धान्तिक सहमति लिँदा सांसदहरुका विभिन्न प्रतिक्रिया आएका छन् । कतिपय सांसदहरुले विभिन्न कम्पनीको प्रलोभनमा सञ्चार मन्त्री परेको दाबी गरे भने कतिले ऐनमा भएको व्यवस्था हटाउनु निन्दनीय भएको प्रतिक्रिया दिएका छन् । संसदमा बोल्दै एमाले सांसद रघुजी पन्तले दुरसञ्चार ऐन २०५३ मा २५ वर्ष पुगेपछि कम्पनीहरु नेपाल सरकारको स्वामित्वमा आउने दफालाई हटाउन खोजिएको प्रति आक्रोश व्यक्त गर्नुभयो ।

    राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जुम्लालाई राज्यले जहिलेपनि हेपाहामा राखेको भन्दै फोरजी प्रविधिको कुरा भइरहेका बेला त्यहाँ नेटवर्क नटिप्ने समस्याले नागरिकले सास्ती खेप्नुपरिरहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले उपत्यकामा समेत नेटवर्क नटिप्ने समस्या रहेको संसदलाई जानकारी गराउनुभयो ।

    त्यस्तै सांसद रामहरि खतिवडाले एनसेलले सरकार र मन्त्रीलाई प्रभावमा पार्ने काम गरिरहेको आरोप लगाउनुभयो । अर्का सांसद मनिष झाले नेटवर्कको साह्रै समस्या रहेको बताउनुभयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुमना श्रेष्ठले संसदमा ल्याइएको ऐन र परिमार्जन हुने विषयमा पर्याप्त छलफल हुनुपर्ने बताउनुभयो । त्यस्तै, कलको गोपनियताबारे सांसद गगन थापाले प्रश्न गर्नुभएको थियो ।

    यता, सञ्चारमन्त्री शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुन तर्जुमा गर्ने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकालगायत देशैभरका नागरिकलाई सञ्चारको पहुँचमा पु¥याउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

    मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा आएको तीव्रतर विकासलाई ध्यानमा राखेर सरकारले दूरसञ्चार ऐन २०५३ लाई खारेज गरी नयाँ विधेयक ल्याउनका लागि क्याबिनेटबाट स्वीकृति मात्रै लिएको र त्यसलाई संसद्बाटै अन्तिम रूपमा दिने काम संघीय संसद्ले नै गर्ने पनि स्पष्ट पार्नुभएको थियो । यसअघिको ऐनमा भएको व्यवस्थालाई निरन्तरता दिँदै कसैको प्रलोभनमा नपरी, राज्यलाई फाइदा हुने विषयमा मन्त्री नै चनाखो हुन जरुरी छ ।


    शुक्रवार, चैत्र २४ २०७९०८:२७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij