Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

दुई वर्षभित्रै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा : प्रधानमन्त्री ‘प्रचण्ड’

दुई वर्षभित्रै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा : प्रधानमन्त्री ‘प्रचण्ड’

  • शुक्रवार, चैत्र २४ २०७९

  • 252
    SHARES

  • दुई वर्षभित्रै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पु¥यायाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभयो।

    उहाँले सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको बताउनुभएको छ। एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि उहाँको भनाइ छ।

    उहाँले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झट र विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो।

    उहाँले आफू प्रधानमन्त्री हुँदै गर्दा विदेशी मुद्राको सञ्चिति गम्भीर अवस्था रहेको भए पनि केही नीतिगत र प्रक्रियागत निर्णयले अहिले विदेशी मुद्राको सञ्चिति पहिलेभन्दा गुणात्मक रुपमा वृद्धि भएको उल्लेख गर्नुभयो।

    आफूले सरकारको नेतृत्व गरेदेखि नै सामाजिक न्याय, सुशासन र समृद्धिलाई अगाडि बढाउने सङ्कल्प गर्दै आएको भन्दै त्यसअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकदेखि नै जनतामा आशा जगाउने काम हुँदै आएको उहाँको भनाइ थियो।


    शुक्रवार, चैत्र २४ २०७९०५:५४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij