Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सरकारले चार डीआईजीलाई एआईजीमा बढुवा गर्यो

सरकारले चार डीआईजीलाई एआईजीमा बढुवा गर्यो

  • शुक्रवार, चैत्र २४ २०७९

  • 476
    SHARES

  • सरकारले चार डीआईजीलाई एआईजीमा बढुवा गर्यो

    काठमाडौं। नेपाल प्रहरीका चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार चारजना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

    प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी)सन्दीप भण्डारी,सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको हो। चैत्र १३ गते बढुवा समितिको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

    मन्त्रिपरिषद् बैठकले गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, तामाङलाई अपराध अनुसन्धान विभागमा,भण्डारीलाई मानव स्रोत र मिरा चौधरीलाई कार्य विभागमा पदस्थापन गरेको हो।


    शुक्रवार, चैत्र २४ २०७९०१:१६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij