Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

दिगो विकासको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दिगो विकासको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक छ : प्रधानमन्त्री ‘प्रचण्ड’

  • शुक्रवार, चैत्र २४ २०७९

  • 303
    SHARES

  • दिगो विकासको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक छ : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

    आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले उक्त कुरा बताउनु भएको हो।

    बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गरेको भन्दै दिगो विकास लक्ष्यसहित मुलुकको गुणात्मक विकासलाई केन्द्रमा राखेर काम गर्न पनि सरकारका सबै निकायहरूलाई निर्देशित गर्नुभयो ।


    शुक्रवार, चैत्र २४ २०७९०१:१०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij