Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश नामाकरण विरोधमा ज्यान गुमाएका पदम लिम्बु शहीद घोषणा

कोशी प्रदेश नामाकरण विरोधमा ज्यान गुमाएका पदम लिम्बु शहीद घोषणा

  • शुक्रवार, चैत्र २४ २०७९

  • 319
    SHARES

  • कोशी प्रदेश नामाकरण विरोधमा ज्यान गुमाएका पदम लिम्बु शहीद घोषणा

    काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरणको विरोधमा विराटनगरमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले लिम्वुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति दिने निर्णय पनि भएको जानकारी दिनुभयो।

    बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत् पक्षसँग वार्ता गरेर समाधान खोज्ने निर्णय समेत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

    कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।


    शुक्रवार, चैत्र २४ २०७९१२:२१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij