Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हामी जाने हैन, गृहमन्त्री नै हामीसँग वार्ता गर्न आउनुपर्छ: मिटरब्याज पीडित

हामी जाने हैन, गृहमन्त्री नै हामीसँग वार्ता गर्न आउनुपर्छ: मिटरब्याज पीडित

  • बिहिवार, चैत्र २३ २०७९

  • 410
    SHARES

  • हामी जाने हैन, गृहमन्त्री नै हामीसँग वार्ता गर्न आउनुपर्छ: मिटरब्याज पीडित

    काठमाडौं। आन्दोलनरत मिटरब्याज पीडितहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शान्तिबाटिकामै आएर आफूहरूसँग वार्ता गर्न आग्रह गरेका छन् ।

    मिटरब्याज पीडितसँग छलफल गर्न पुग्नुभएका गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले समस्या समाधानका लागि आयोग गठन भइसकेको भन्दै थप छलफल गर्न मन्त्रालयमा आउन आग्रह गर्नुभएको थियो ।

    त्यसको जवाफमा मिटरव्याज पीडितले आफूहरूले साहुसँग गरेका सबै तमसुक अवैध घोषणा गरे मात्रै छलफलमा बस्ने अडान वार्ताका लागी गृहमन्त्री श्रेष्ठ आँफै शान्ति बाटिकामा आउनु पर्ने बताएका हुन् ।

    १८ चैतमा मात्र सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो। उक्त सहमति अनुसार सरकारले आयोग पनि गठन गरिसकेको छ। तर त्यो सहमति अपुरो रहेको भन्दै मिटरब्याज पीडितको अर्को समूहले काठमाडौं आएर प्रदर्शन गरिरहेको छ ।


    बिहिवार, चैत्र २३ २०७९०२:३६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij