काठमाडौं । सत्ता साझेदार दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटेको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले १० दलीय सत्ता गठबन्धनले न्युनतम साझा कार्यक्रमबिच सहमती जुटाएर आजै साँझ ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको जानकारी दिनुभयो ।
उहाँले साना केही सुझावहरु बेलुकी ५ बजेसम्म दल र नेताहरुले दिनसक्ने निर्णय भएको पनि बताउनुभयो। गुरुङले बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले भने प्रवेश नपाएको पनि बताउनभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल,नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ,लोकतान्त्रिक समाजवादी पार्टी नेता शरदसिंह भण्डारी,आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सहभागी रहेका थिए ।