Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पार्टी एकताका लागी मति सपार्न ओलीलाई माधव नेपालको आग्रह, गठबन्धनले मुलुक कब्जा गर्न खोेजेको ओलीको आरोप(खासखबर)

पार्टी एकताका लागी मति सपार्न ओलीलाई माधव नेपालको आग्रह, गठबन्धनले मुलुक कब्जा गर्न खोेजेको ओलीको आरोप(खासखबर)

  • बुधवार, चैत्र २२ २०७९

  • 524
    SHARES

  • पार्टी एकताका लागी मति सपार्न ओलीलाई माधव नेपालको आग्रह, गठबन्धनले मुलुक कब्जा गर्न खोेजेको ओलीको आरोप(खासखबर)

    काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर गएको नेकपा एकीकृत समाजवादीले यतिबेला प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ। यसको बदलामा दुई मन्त्रीसहित सरकारमा समेत सामेल भएको छ। गएको पुस १० गते मुलुकको राजनीतिमा आएको परिवर्तनले बीच बाटौमै छुटेको नेकपा एकीकृत समाजवादी फागुन १३ पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको यूटर्नपछि पुनः सलबलाएको छ। आमनिर्वाचनमा थ्रेसहोल्ड कटाउन नसक्दा लज्जाबोध महसुश गरेको पार्टीलाई अहिले कांग्रेस र माओवादीले साथ दिएका छन्।

    यतिमात्र होइन सत्तापलटका निम्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा सिफारिस गरेको विषय बाहिरिएको थियो । तर, नेपालले ओलीको प्रस्ताव नमानी पूर्ववत चुनावी गठबन्धनलाई समर्थन गर्नुभएको छ । हाल आएर एमालेले समेत विभाजन हुँदाको परिणामलाई अदृष्य रुपमा स्वीकार गरिसकेको आंकलन गरेको एकीकृत समाजवादीले एकताको ढोका खुला भएको बताइरहेको छ । आज ओलीलाई लक्षित गर्दै नेपालले बानी, व्यवहार र मति सप्रेर आए मिल्न कुनै गाह्रो नभएको बताउनुभएको छ ।

    पार्टीका केही शीर्ष नेतासहित कार्यकर्ताहरुले एमालेसँग वार्ता गर्नुपर्ने भन्दै दिएको दबाबका बीच नेपाल दोधारमा फस्नुभएको छ। पार्टीका नेता मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री लगायतहरुले नेपाललाई एकताको सही मार्ग पहिल्याउन दबाब बढाइरहेका छन्।

    यता, एमाले अध्यक्ष ओली भने नरम भइसक्नुभएको छैन। उहाँले हालको सरकार, त्यहाँ सम्मिलित दलहरुले मुलुकको संविधान र सार्वभौमिकता लाई जोगाउन नसक्ने ठोकुवा गर्नुभएको छ। उहाँले हालको सरकारबाट मुलुकले विकासको साँटो विनाश मात्रै पाउने दाबी गर्नुभयो ।

    नेकपा एमाले र नेकपा एकीकृतलाई एकठाउँमा ल्याउन तल्लो तहका नेता कार्यकर्ताहरुले पैरवी गरेपनि दुई अध्यक्षको इगोका कारण सफल हुन सकेको छैन । कार्यकर्तास्तरमा मिल्ने ठूलो चाहना हुँदाहुदै नेतृत्वका कारण उनीहरुको भावनामाथि तुषारापात भएको एक नेताले बताएका छन् । नेपालले पूर्ववत नेकपालाई ब्युँताउने गरी छलफल अगाडि बढाउन खोज्दा ओलीले प्रचण्डको विश्वास गर्न सकिरहेका छैनन् ।


    बुधवार, चैत्र २२ २०७९०७:४१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij