काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी विरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दावी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।
चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका लामिछानेलाई प्रतिस्पर्धी उम्मेदवारले गरेको दावी विरोध खारेज भएसँगै लामिछानेको उम्मेदवारी कायम भएको हो ।
लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट प्राप्त युवराज पौडेल सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाईएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिनुभयो ।