Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनका उम्मेदवारलाई खर्च सीमा निर्धारण : कसले कति खर्च गर्न पाउँछन् ?

उपनिर्वाचनका उम्मेदवारलाई खर्च सीमा निर्धारण : कसले कति खर्च गर्न पाउँछन् ?

  • बुधवार, चैत्र २२ २०७९

  • 295
    SHARES

  • उपनिर्वाचनका उम्मेदवारलाई खर्च सीमा निर्धारण : कसले कति खर्च गर्न पाउँछन् ?

    काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ। आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको हो।

    उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए अनुसार हुनेगरी चितवन २ र बारा २ का लागि २९ लाख र तनहुँ १ का लागि ३१ लाख खर्च गर्न पउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    उम्मेदवारले आयोगले तोकेको खर्चको सीमाभित्र रही निर्वाचनमा खर्च गर्न पाउने छन्। उम्मेदवारले गरेको खर्च विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने छ।

     


    बुधवार, चैत्र २२ २०७९०४:१६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij