Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र मन्त्रीहरुले ३ महिना अनुहार नदेखाए हुन्छः गगन थापा

प्रधानमन्त्री र मन्त्रीहरुले ३ महिना अनुहार नदेखाए हुन्छः गगन थापा

  • बुधवार, चैत्र २२ २०७९

  • 555
    SHARES

  • प्रधानमन्त्री र मन्त्रीहरुले ३ महिना अनुहार नदेखाए हुन्छः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनु भएको छ। आज राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उहाँले दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको गुनासो गर्नुभयो ।

    महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताउनभयो ।नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर ‘गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्नेमा जोड दिनुभयो ।

    यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको उहाँको गुनासो छ ।यसका लागि राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उहाँले बताउनुभयो ।

    सरकारले निर्माणको क्षेत्रमा ६० देखि ८० अर्ब रुपैयाँ तिर्न बाँकी रहेकोले यो रकम मात्र दिएपनि बजार चलायमान हुने भन्दै यसका लागि प्रधानमन्त्री र मन्त्रीहरुमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्ने भएपनि त्यो नपाएको महामन्त्री थापाले बताउनुभयो ।

    प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैं काम गर्ने हो भने एउटा माहौल सिर्जना गर्न सकिने उहाँको जिकिर छ ।


    बुधवार, चैत्र २२ २०७९०२:५६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij