काठमाडौं। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएपछि आज एक विज्ञप्ति जारी गर्दै विप्लवले आपत्ति जनाउनु भएको हो ।
देशको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता र जनभावनामाथि गरिएको ठाडो हस्तक्षेप भएको विप्लव बताउनुभयो। नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने धर्म मान्ने कि नमान्ने अधिकार पूर्णतः नेपाली जनतामा रहेको विप्लवको भनाई छ ।