Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री श्रेष्ठ र राजदुत थम्पसनबीच शिष्टाचार भेटवार्ता

गृहमन्त्री श्रेष्ठ र राजदुत थम्पसनबीच शिष्टाचार भेटवार्ता

  • बुधवार, चैत्र २२ २०७९

  • 436
    SHARES

  • गृहमन्त्री श्रेष्ठ र राजदुत थम्पसनबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।

    त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपण सम्बन्धि विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तराष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताउनुभयो।

    संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धि विधेयक संसदमा पेश भैसकेको समेत उहाँले बताउनुभयो।

    राजदुत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफु र आफ्ना कुटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताउनुभयो।

    राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदुत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकासनिर्माणलाई प्रभावित नगर्ने बताउनुभयो।

    राजदुत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो।कोभिडपछि अमेरिकी सहयोग संस्था पिसकोरको काम प्रभावित भएकाले पिसकोर कार्यकर्ताको भिसा सहजताका लागि राजदुत थम्पसनले आग्रह गर्नुभएकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताउनुभयो।

    नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदुतले चासो राख्नुभयो। श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताउनुभयो।


    बुधवार, चैत्र २२ २०७९०१:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij