काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सिमरा पुग्नु भएको छ । बारा र पर्सामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन ओली सिमरा पुग्नुभएको हो ।
सिमरा विमानस्थलबाट वीरगन्ज पुगेर अध्यक्ष ओलीले अखिल नेपाल पिछडावर्ग महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । पिछडावर्ग महासंघको कार्यक्रममा सहभागी भएर ओली बाराको बरियारपुर पुग्नुहुनेछ ।
बारा क्षेत्र नं. २ को उपनिर्वाचन केन्द्रीत क्षेत्रीय भेलामा सहभागी हुन ओली बरियारपुर जान लाग्नुभएको हो। क्षेत्रीय भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली आज नै काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले जानकारी दिनुभयो ।
क्षेत्र नं. २ को उपनिर्वाचनमा एमालेले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा जसपाबाट केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल,आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार छन् ।