Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एक दुई दिनमै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

एक दुई दिनमै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

  • बुधवार, चैत्र २२ २०७९

  • 342
    SHARES

  • एक दुई दिनमै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड” ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ ।

    आज नेकपा(माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

    उहाँले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रीय हुने बताउनुभयो ।

    उहाँले अबको बजेटमा गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताउनुभयो ।


    बुधवार, चैत्र २२ २०७९१२:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij