Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनको दौडधुप बढ्यो,एकअर्कालाई आरोपप्रत्यारोप तिब्र(खासखबर)

उपनिर्वाचनको दौडधुप बढ्यो,एकअर्कालाई आरोपप्रत्यारोप तिब्र(खासखबर)

  • मंगलवार, चैत्र २१ २०७९

  • 297
    SHARES

  • उपनिर्वाचनको दौडधुप बढ्यो,एकअर्कालाई आरोपप्रत्यारोप तिब्र(खासखबर)

    काठमाडौं।आगामी बैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनको तयारी तीब्र रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मनोनयन दर्ता र उजुरी लिइसकेको छ । उपनिर्वाचनका लागि चितवन–२, तनहुँ–१ र बारा–२ मा विभिन्न दलहरुबाट उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायत केही स्वतन्त्र व्यक्तिहरुको पनि उम्मेदवारी परेको छ । त्यसमा पनि हेभिवेट नेतृत्व प्रतिस्पर्धामा उत्रिएका कारण उपनिर्वाचन रोचक बन्ने देखिन्छ ।

    केही समयअघि सम्पन्न आम निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल भारी मतान्तरका साथ विजयी हुनुभएको थियो । उहाँले २५ हजार ३ सय ६१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत प्राप्त गर्नुभएको थियो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ४४ मत मात्र पाएको थियो । सो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेको तर्फबाट सर्वेन्द्र खनाल र रास्वपाबाट अर्थविद् डा। स्वर्णिम वाग्ले प्रतिस्पर्धामा उत्रिनुभएको छ । रास्वपाका हालका उम्मेदवार वाग्लेलाई पनि बलियो रुपमा हेरिएको छ । यसैबीच, रास्वपाका सभापति रवि लामिछानेले सहजै रुपमा मुलुक बदल्न सकिने भन्दै विज्ञ व्यक्तिहरु आफ्नो पार्टीमा भित्रिएको प्रति खुसी व्यक्त गर्नुभयो ।

    देशभरको ध्यान केन्द्रीत गर्न सफल चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने आम निर्वाचनमा भारी मतान्तरका साथ विजयी हुनुभएको थियो । तर, नागरिकता विवादका कारण अदालतले उहाँको पद खारेज गरिदिएको थियो । त्यतिबेला लामिछानेले ४९ हजार २ सय ६४ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसले १४ हजार ९ सय ८३ र नेकपा एमालेले १४ हजार ६ सय ४७ मत पाएको थियो । अहिले सो क्षेत्रमा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ र नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । यता, कांग्रेस महामन्त्री गगन थापाले वाग्लेलाई इंगित गर्दै पेन्सन पकाएर आएकाहरुको बहकावमा नलाग्न आग्रह गर्नुभयो ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार नयाँ अनुहारले पराजय व्यहोरे भने हिजोको हावा पानीको फोका जस्तै बग्ने र पुरानाकै उचाइ बढ्नेछ ।

    यस्तै, उपनिर्वाचनका लागि बारा–२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव साझा उम्मेदवार बन्नुभएको छ । यादवले भर्खरै सम्पन्न आम निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजय व्यहोर्नुभएको थियो । अहिले यादवको विरुद्धमा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहको उम्मेदवारी परेको छ । गएको आम निर्वाचनमा जसपाले १३ हजार ८ सय २२ मत पाउँदा नेकपा माओवादी केन्द्रले १३ हजार ४ सय ६८ मत पाएको थियो । रास्वपाले सो क्षेत्रबाट पूर्वडिआइजी रमेश खरेललाई उम्मेदवार बनाएपछि परिणाम फरक आउन सक्ने देखिन्छ । पूर्वडीआईजी खरेल गत चुनावमा आफ्नै नेतृत्वको सुशासन पार्टीबाट काठमाडौं–१ मा उम्मेदवार बन्नुभएको थियो ।

     


    मंगलवार, चैत्र २१ २०७९०८:२२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij