Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मधेशमा एमालेका मन्त्रीहरूले दिए राजीनामा

मधेशमा एमालेका मन्त्रीहरूले दिए राजीनामा

  • मंगलवार, चैत्र २१ २०७९

  • 381
    SHARES

  • मधेशमा एमालेका मन्त्रीहरूले दिए राजीनामा

    काठमाडौं। मधेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन्।

    मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए।

    उनीहरु सबैले राजीनामा दिएका हुन्। गत २७ पुसमा एमालेले समर्थन दिएपछि मुख्यमन्त्रीमा नियुक्त हुनु भएका जसपा संसदीय दलका नेता यादवले हिजो राति फोन गरेर एमालेका मन्त्रीलाई राजीनामा बुझाउन भन्नुभएको थियो।

    पुस २९ मा मुख्यमन्त्रीसँगै एमाले संसदीय दलका नेता सरोज यादवले मन्त्रीको सपथ लिएपनि अन्य तीन मन्त्री र राज्यमन्त्रीले भने माघ २० गते सरकारमा सहभागी भएका थिए।


    मंगलवार, चैत्र २१ २०७९०४:१२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij