Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मलाई सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने

मलाई सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने

  • मंगलवार, चैत्र २१ २०७९

  • 382
    SHARES

  • मलाई सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो कारणबाट अहिलेसम्म एक जना मान्छे पनि पीडित नभएको बताउनुभएको छ। आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेपछि घरदैलो कार्यक्रमका क्रममा बोल्दै लामिछानेले आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग केही लिनु छैन।

    मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु। मैले केही लुकाएको र छिपाएको छैन। यसले अपराध गर्यो। यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस्। मेरा कारणबाट कोही पीडित भएको छैन।’

    उहाँले आफूहरूले शान्त विद्रोह गरेर कसैलाई केही नगरीकन २० सिट जितेको भन्दै आगामी ५ वर्षपछी दुई तिहाई मत प्राप्त गर्ने दावी गर्नुभयो ।


    मंगलवार, चैत्र २१ २०७९०१:२१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij