Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

उम्मेदवारविरुद्ध आज उजुरी दिने समय

उम्मेदवारविरुद्ध आज उजुरी दिने समय

  • मंगलवार, चैत्र २१ २०७९

  • 321
    SHARES

  • उम्मेदवारविरुद्ध आज उजुरी दिने समय

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज मंगलबार उजुरी दिने समय तोकेको छ ।

    निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले मंगलबारका लागि समय तोकिदिएको हो ।

    तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । सोमबार तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना गरेर कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    ती उम्मेदवारविरुद्ध उजुरी परेमा बुधबार छानबिन गरी बुधबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

    उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह पनि बिहीबार नै प्रदान गरिने आयोगले जनाएको छ ।

    त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।

    गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा तनहुँ–१ बाट विजयी हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट निर्वाचित हुनुभएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि ती क्षेत्र रिक्त छन् ।

    यसैगरी, चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उहाँको सांसद् पद गएको थियो । त्यसपछि सो क्षेत्र पनि रिक्त छ ।

    रिक्त रहेका तीन वटै क्षेत्रमा २०८० वैशाख १० गते एकैदिन उपनिर्वाचन हुन लागेको हो ।


    मंगलवार, चैत्र २१ २०७९०८:१३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij