Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सरकारका कामकारबाही कर्मकाण्डी काम मात्रै भए : हृदयेश त्रिपाठी

सरकारका कामकारबाही कर्मकाण्डी काम मात्रै भए : हृदयेश त्रिपाठी

  • सोमवार, चैत्र २० २०७९

  • 255
    SHARES

  • सरकारका कामकारबाही कर्मकाण्डी काम मात्रै भए : हृदयेश त्रिपाठी

    काठमाडौं। पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ सरकारको सय दिन उपलब्धिविहिन भएको आलोचना गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै बर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका सय दिनमा उपलब्धी शून्य भएको टिप्पणी गर्नुभएको हो ।

    उहाँले प्रधानमन्त्री प्रचण्डले समीकरण हेरफेरमै सय दिन बिताएको भन्दै सरकारका कामकारबाही कर्मकाण्डी काम मात्र भएको बतादै उहाँले भन्नुुभयो, ‘मन्त्रीहरुले त्यसैलाई उपलब्धि माने, अधुरा रहेका काम सबै बिर्सिए,’।

    अर्थतन्त्र निरन्तर बिग्रँदो अवस्थामा भए पनि सरकार र राजनीतिक दलहरुले त्यसको यथार्थ बुझ्ने काम नगरेको आरोप लगाउँदै उहाँले आगामी बजेटमा धेरै क्रुूरतापूर्वक कटौती गर्नपर्ने अवस्था आएको बताउनुभयो ।

    त्रिपाठीले मुलुक आर्थिक दुर्घटनातर्फ जाने संकेत गर्दै त्यसको दुष्प्रभाव लोकतन्त्रमाथि नै पर्न सक्ने चेतावनी दिनुभएको छ ।


    सोमवार, चैत्र २० २०७९०९:४८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij