काठमाडौं। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको डा. शेखर कोइराला समूहलाई दुईवटा मन्त्रालय र एउटा राज्यमन्त्री दिन सकिने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै श्रेष्ठले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो,‘हामीले अस्ति चार जना मन्त्री पठायौं । बाँकी दुईचार दिनभित्रै पठाउँछौं । लोकतान्त्रिक पार्टीमा अलिअलि किचलो स्वाभाविकै हो । तर यसले सरकारको काम कारबाहीमा कुनै समस्या पर्दैन। सभापतिजीले यथाशीघ्र पठाउने व्यवस्था मिलाउनु हुन्छ । डा। शेखर कोइराला समूहलाई पहिले नै दुइटा मन्त्रालय निश्चित भएको हो । अब दुईवटा मन्त्रालय र एउटा राज्यमन्त्री वा त्यस्तो केही हुन्छ । के मिल्छ, के मिल्दैन उहाँहरु नै जान्नुहुन्छ,’।
यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा काम गर्ने हुटहुटी रहेको बताउदैनयाँ अर्थमन्त्री डा. प्रकाशशरण महत पनि कोभिडका कारण तहसनहस भएको अर्थतन्त्र सुधार गर्न कम्मर कसेर लाग्नुपर्ने अबस्था आएको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले आगामी बैशाख १० मा हुन लागेको उपनिर्वाचमा तीनवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारले जित्ने दाबी समेत गर्नुभयो।