Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एमाले विरोधी हुँ भन्यो कि फ्याट्टै मन्त्री : केपी ओली

एमाले विरोधी हुँ भन्यो कि फ्याट्टै मन्त्री : केपी ओली

  • आइतवार, चैत्र १९ २०७९

  • 511
    SHARES

  • एमाले विरोधी हुँ भन्यो कि फ्याट्टै मन्त्री : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने टिप्पणी गर्नुभएको छ। पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई आज सम्बोधन गर्दै ओलीले अचम्म अचम्मका मान्छे मन्त्री भएको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो।

    उहाँले भन्नुभयो,‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ?’, उनले भने, ‘भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन। एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’

    अध्यक्ष ओलीले गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान नसक्ने समेत आरोप लगाउनुभयो ।

    मन्त्रीलाई मात्र नभई प्रधानमन्त्री प्रचण्डलाई नै सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने ओलीले दावी गर्नुभयो।उहाँलेले अगाडि भन्नुभयो, ‘प्रधानमन्त्रीलाई नै किन प्रधानमन्त्री भएको भन्ने हो भने देश बनाउन भन्न सक्दैनन्। आउँदै आउँदैन उनलाई ।’


    आइतवार, चैत्र १९ २०७९०५:५२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij