Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्ध युवराज सफल फेरी सर्वोच्चमा

रवि लामिछानेविरुद्ध युवराज सफल फेरी सर्वोच्चमा

  • आइतवार, चैत्र १९ २०७९

  • 927
    SHARES

  • रवि लामिछानेविरुद्ध युवराज सफल फेरी सर्वोच्चमा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत पुग्नुभएको छ। लामिछानेले अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालतमा पुग्नुभएको हो।

    लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने उहाँको माग छ। आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको पौडेलको जिकिर छ।

    गत मंसिर ४ मा सम्पन् प्रतिनिधी सभा सदस्यमा चितवन २ बाट निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा दोषी ठहर भएपछि सांसद पद गुमेको थियो। सोही क्षेत्रमा आगामी बैशाख १० मा उपचुनाव हुन लागेको छ । लामिछाने उपनिर्वाचनबाट सांसद पद पुनः प्राप्ति गर्ने तयारीमा हुनुहुन्छ।


    आइतवार, चैत्र १९ २०७९०३:४७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij