Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनका लागी राप्रपाले छान्यो यी उम्मेदवार

उपनिर्वाचनका लागी राप्रपाले छान्यो यी उम्मेदवार

  • आइतवार, चैत्र १९ २०७९

  • 519
    SHARES

  • उपनिर्वाचनका लागी राप्रपाले छान्यो यी उम्मेदवार

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ । पार्टीको संसदीय समितिको आज बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रवक्ता श्रेष्ठका अनुसार राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

    चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।


    आइतवार, चैत्र १९ २०७९०२:४६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij